नरैनापुरका अग्निपिडितलाई बिपद व्यवस्थापन समितिद्वारा राहत बितरण

नेपालगन्ज । नरैनापुर गाउँपालिका वडा न-४ कृष्णनगरमा चैत्र २२ गते भएको आगलागीमा प्रभावित परिवारलाई नगद तथा जिन्सी सामाग्री राहत प्रदान गरिएको छ ।

आगलागीबाट प्रभावित १६ घरपरिवारलाई मंगलबार जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नगद राहत वितरण गरेको हाे ।

साथै नेपाल रेडक्रस सोसाईटीले पिडित परिवारलाई गैह्र खाद्य सामाग्रीको सेट उपलव्ध गराएको छ ।प्रति परिवार नगद १५ हजार, गैह्र खाद्य सामाग्रि सेट र १ थान कम्मल वितरण गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी, रेडक्रस बाँके सभापति गाेवर्धन सिंह सम्झना लगायतले आगलागी भएको स्थानमा गएर राहत वितरण गर्नुभयो ।

उक्त राहत वितरणमा प्रदेश सांसद कृष्णा केसी, भुमि आयोगका सदस्य विक्रम यादव, गाँउपालिकाका जनप्रतिधिहरु समेत उपस्थिति रहेको थियो ।

यसअघि पालिकाको तर्फवाट समेत खाद्य सामाग्री, त्रिपाल लगायतका सामाग्री उपलव्ध गराईएको थियो ।

Previous articleएक वर्ष एक दिनपछि नरैनापुरमा आगलागी (फोटो फिचर)
Next articleनेपालको संबिधान-२०७२ “अवधी” भाषामा अनुवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here