
नेपालगन्ज । नेपालको संविधान २०७२ लाई अवधी भाषामा अनुवाद गरिएको छ ।
अवधी भाषामा अनुवाद गरिएको नेपालको संविधान २०७२ लाई मंगलबार बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विमोचन गर्नुभएको छ ।
डुडुवा गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेले नेपालको संविधानलाई अवधीमा अनुवाद गरेको हो ।
नेपालगन्ज वडा नं ६ का स्थानीय शिव प्रसाद पाठकले नेपाली भाषाको संबिधानलाई अवधी भाषामा अनुवाद गर्नुभएको हो । नेपाल लुम्बिनी प्रदेशमा अवधी भाषी समुदायको बाक्लो बसोवास छ ।





