नेपालगन्जमा खोज पत्रकारिता तालिम सुरु

नेपालगन्जमा शुक्रबारदेखि खोज पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा पाँचदिने तालिम सुरु गरेको हो ।

नेपालगन्जमा सक्रिय पत्रकारितामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका भण्डारीले पत्रकारिताको तालिमको अभावका कारण नयाँ पत्रकार उत्पादन गर्न नसकिएकाले नेपालगन्जम दक्ष पत्रकारको अभाव रहेको बताउनुभयो । सोही अनुरुप महासंघ बाँकेले पत्रकारिता तालिमलाई निरन्तरता दिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले घटनाको वास्तविकता नियालेरमात्र समाचार सम्प्रेशण गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारले लेखेका समाचारले समाजमा प्रत्येक्ष असर पर्ने भएकाले वास्तविकताको उठान गर्नु पत्रकारको कर्तव्य रहेको बताउनुभयो ।कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मोफसलमा यस्ता तालिम नहुने बताउँदै महासंघले आयोजना गरेको खोज पत्रकारिता तालिम महत्वपूर्ण रहेको बताउनुभयो।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले आजको पत्रकारिता गतिविधिमा मात्र केन्द्रित रहेको तालिमले पत्रकारमा खोज पत्रकारिता गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै प्रेस सेन्टर बाँकेका अध्यक्ष दक्त धितालले खोज पत्रकारिता तालिम सबैले सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले वर्तमान परिवेशमा खोज पत्रकारिताको महत्व धेरै रहेको बताउनुभयो ।

महासंघले आयोजना गरेको कार्यक्रम चैत २९ गतेसम्म संचालन रहनेछ । कार्यक्रममा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले सहजीकरण गरर्नुहुने जनाइएको छ । तालिममा २५ बढी पत्रकारको सहभागिता रहेको छ ।

Previous article३२३ औं खालसा साजना दिवस र बैशाखी पर्व भव्य रुपमा मनाइने
Next articleनेपालगञ्जको मेयर र उपमेयरमा लोसपाबाट सिद्धिकी र बानिया

1 COMMENT

  1. जति पनि पत्रकारीता तालिम नेपालगन्जमा बसोबास गर्नेहरुलाई हो कि आफू निकटलाई मात्र हो ? खोइ त हामीले जानकारी कार्यक्रम शुरु भएपछि त्यो पनि समाचार मार्फत मात्र हो कि …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here