
नेपालगञ्ज । लोकतान्त्रिक सामाजवादी पार्टी बाँकेले नेपालगञ्जको मेयर उपमेयरका उम्मेदवार सार्वजनिक गरेको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा निर्वाचनमा होमिने उम्मेदवार सार्वजनिक गरेको हो ।
लोसपाबाट मेयर पदमा महमुद आलम सिद्धिकी र उपमेयर पदमा ममता बानियालाई अघि सारिएको छ ।
यस्तै जानकी गाउँपालिकाको उपाध्यक्षमा प्रभादेवी मिश्रालाई अगाडी सारेको लोसपा जिल्ला अध्यक्ष लक्ष्मी नारायण बर्माले बताउनुभयो ।
बाँकेको अन्य पालिकाको उम्मेदवारका बिषयमा बिभिन्न पार्टीहरुसंग छलफल भइरहेको जनाएको छ ।





