दुई नाले भरुवा बन्दुकसहित बाँकेमा दुई जना पक्राउ

बाँके । दुई नाले भरुवा बन्दुकसहित जिल्लामा दुई जना पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा प्रहरी राप्तीसोनारी गाउँपालिका वडा नं–४ ५० वर्षीय रामबलि चौधरी र सोही स्थानका ६१ वर्षीय बिष्णु प्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुहरुले राप्तीसोनारी गाउँपालिका–४ स्थित खरघट्टी भन्ने स्थानमा लुकाएर राखेका थिए ।

सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरी टोलीले मंगलबार राती पौने दुई बजे समयमा दुई नाले भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको छ ।

Previous articleएक सय ५० वर्ष पुरानाे राम मन्दिरकाे पुननिर्माण कार्य शुरू
Next articleकन्ट्याक्ट ट्रेसिङसहित नेपालगञ्ज क्वारेन्टिनमा ११५ जनाको स्वाब संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here