
नेपालगञ्ज । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ऐन बहादुर मल्लले मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभएको छ ।
प्रहरी प्रमुख मल्लले शनिबार मातहत कार्यालय इलाका प्रहरी कार्यालय कुसुम, प्रहरी चौकी गाभरपुर अगैया, प्रहरी चौकी कचनापुर र प्रहरी चौकी ढकेरीको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुसंग छलफल गर्नुभएको हो ।
निरीक्षणका क्रममा आगामी बैशाखमा तय भएको निर्वाचनको सुरक्षा सम्बन्धमा समेत सरोकारवालासंग आवश्यक प्ररामर्श गर्नुभएको प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सो क्षेत्रका राजनैतिक दलका जनप्रतिनिधि, पत्रकार, स्थानीय बुद्धिजीवी, भद्भलाद्मीहरुसंग बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा सम्बन्धका साथै लागु औषध, सवारी दुर्घटना न्युनिकरण तथा सवारी दुर्घटना भई सके पश्चात के कसरी समाधान गर्न सकिने बिषयमा आवश्यक सुझाव सल्लाह लिनुभएको छ ।





