श्रीवास्तवको अगुवाइमा रोजा अफ्तार कार्यक्रम सम्पन्न

साहिल शेष (ताहिर)
नेपालगन्ज

बाँकेको परसपुर स्थित थुकैलामा आइडल पब्लिक हाई स्कुल नेपालगन्जको प्रधानाध्यापक विरेन्द्र नरसिंह श्रीवास्तवको अगुवाइमा रोजा अफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा गरीब तथा असहाय परिवारका रोजदारलाई लक्षित गर्दै सोमवार रोजा अफ्तार कार्यक्रम सम्पन्न गरिएको हो । सोहि मगरिब नमाज लगत्तै रात्री भोजको कार्यक्रम पनि गरेका थियो ।

इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमले भन्नुभयो कि “जसले रोजादारलाई रोजा इफ्तार गरायो त्यो इफतारी पापबाट मुक्ति र नर्कको आगोबाट घाटीलाई बचाउने कारण बन्नेछ । पवित्र माहिनामा रोजा इफ्तार गराउनेलाई रोजा बस्ने जत्तिकै पुण्य प्राप्त हुनेछ तर रोजा बस्नेको पुण्यमा कुनै कटौती हुदैंन् ।”

इस्लाम धर्मावलम्वीले एक महिना लामो उपवास अर्थात रोजा बसेर रमजान पर्व मनाउछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान रोजा अर्थात उपवास समाप्त हुन्छ । अरबिक क्यालेण्डर अनुसार हिजरी पात्रो १४४३ हो भने रमजान महिना अरबिक क्यालेन्डर अनुसार नवौँ महिना पर्दछ ।

सो अफ्तार कार्यक्रममा इस्लामी संघको केन्द्रिय सदस्य जमिल अहमद जसगढ, इलियास अन्सारी, हाजी मो. उमर रंगरेज, मौलाना मोईद इसलाही र इस्लामी संघको सदस्य मोहम्मद आलमीन राई लगायत आइडियलको सम्पुर्ण शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।उक्त अफ्तार कार्यक्रममा महिला पुरुष गरेर करीब एक सय बढीको सहभागी रहेको थियो भने मगरिबको नमाज मौलाना मोईद इसलाहीले पढाएको इस्लामी संघको सदस्य मोहम्मद आलमीन राईले जानकारी दिनु भयो ।

Previous articleफिलिपिन्समा आँधी : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो
Next articleयुवाको सवालमा एक्यबद्धता जनाउने प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here