युवाको सवालमा एक्यबद्धता जनाउने प्रतिबद्धता

नेपालगन्ज । बाँकेका युवाहरुले युवाको सवालमा एक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपालगन्जमा भएको एक दिने फलो अप कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

सो फ्लोअप कार्यक्रममा नेपाल युनाइट्स नेपालका राष्ट्रिय निर्देशक मोहम्मद आयातुल्ला रहमानले युवाको सवाल बारे जानकारी गराउनु भएको थियो । बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा जिल्ला युवा क्लबका सचिव राजन बर्मा, नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकब्ल अहमद मुकेरी, सभ्य समाज नेपालका अध्यक्ष सूर्यलाल यादव, युवा अभियान्ताहरु श्वेता गुरुङ्ग, राजेन्द्र बिष्ट, ऋतिक शाही, अन्जना चतुर्बेदी, अरुणा गुरुङ्ग, मेनका रावत लगायत २ दर्जनको सहभागिता रहेको थियो ।

युवाहरुलाई शान्ति निर्माणको लागि सचेतनामुलक जानकारी समेत दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Previous articleश्रीवास्तवको अगुवाइमा रोजा अफ्तार कार्यक्रम सम्पन्न
Next articleसहयोगको हात बढाइरहने नेता राई मेयरका उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here