
वसीम अन्सारी
नेपालगञ्ज । दुई वर्ष अघि यही समयमा नेपालगन्जमा कोरोना महामारी चर्किदै गएको थियो । लकडाउन र निषेधाज्ञाले मानिसहरु घरभित्रै थुनिएका थिए ।
विपन्न तथा गरिव समुदाय जो रोजगारी नगरी साँझ विहानको चुल्हो बाल्न सक्दैनथे उनीहरु भोकभोकै बस्ने अवस्था सिर्जना भइरहेको थियो । तर त्यतिबेला सबैका अन्नदाता बन्नुभयो कमरुद्दिन राई ।
आफ्नो ज्यानको प्रवाह नगरि राई आफै काधमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बोकेर घरघरमा पुग्नुभयो । विपन्न वर्गलाई खाद्यान्न बाड्नुभयो ।
भोकभोकै बसेका विपन्न तथा गरिव परिवारको ज्यान जोगाउनुभयो । महामारीको त्रासमा उहाँ एकदिन पनि घरमा बस्नुभएन । जनताकै घरदैलोमा हिडिरहनुभयो र अफठ्यारो परेका जनतालाई सहयोग गरिरहनुभयो ।
आसन्न निर्वाचन आइरहँदा नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार राई यस कारण नै यस पटकको सबैभन्दा बलियो उम्मेदवार बन्नुभएको छ ।
चुनाव आउने वित्तिकै अहिले नेताहरु विभिन्न प्रलोभन देखाएर बस्तीबस्ती पसिरहेका छन् । तर कमरुद्दिन राई सधैंभरी बस्तीबस्तीमै पुगिरहेको देखिन्छ ।नेकपा एमालेले मेयर पदमा पशुपति दयाल मिश्रलाई उठाउने निर्णय गरिसकेको छ । मिश्र चुनावी अभियानमा हिडिपनि सक्नुभएको छ । काँग्रेसले मेयरमा डा.सुरेशकुमार कनोडियालाई लडाउने तयारी गरेको छ ।
कोरोना कालमा सहयोगको हात कसैले बढाएन । तर राई भने दिनरात नभिन अहोरात्र खटिरहनुभयो । स्थानीयबासी भन्छन्-‘चुनाव आउने बेला आश्वसन दिने नेता चाहिने हामीलाई सधै साथ दिने नेता चाहियो ।’ त्यसैले पनि यस पटकको चुनावमा राईप्रतिको आशा, भरोसा नगरबासीमा धेरै देखिन्छ ।
अघिल्लो निर्वाचनमा पाँच हजार मत ल्याएर मेयर पदमा पराजित भएपनि उहाँ चुप लागेर बस्नुभएन । जनताको सेवाका लागि अहोरात्र खटिरहनुभयो । कोही नागरिक विरामी पर्दा अस्पतालमै पुग्नुभयो ।
पैसा नभएर उपचार गर्न नसक्नेलाई आफै पैसा दिएर उपचारका लागि अस्पताल पठाउनुभयो । यसरी जनताको सेवामा खटिरहनुभएका राई जसपाबाट नेपालगन्ज उपमहनगरपालिकाको सशक्त र सबैभन्दा बलियो उम्मेदवार हुनुहुन्छ । सभार : अनलाईन खोजखबर





