
शिवराज शाहु
बाँके । ४ सय ९२ वर्षको संघर्षपछि श्रीराम जन्मभूमि मानिने भारतको अयोध्यामा भव्य मन्दिर निर्माणको शुभारम्भलाई हर्षोल्लासका साथ विश्व हिन्दु परिषद नेपाल र बाँकेका सनातन हिन्दू धर्मवलम्बीहरुले स्वागत गरेका छन् ।
सो अवसरमा बुधबार साँझा विश्व हिन्दु परिषद नेपाल र बाँके सनातन हिन्दुहरूद्वारा नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकमा दिप प्रज्वलन गरेका छन् ।
वर्तमान अवस्थालाई ध्यानमा राखेर यस गौरवमय क्षणलाई उत्सवपूर्ण बनाउनका लागि सबै सनातन हिन्दू धर्मवलम्बीहरुले आ–आफ्नो घरमा दिप प्रज्जवलन गरि हर्षोल्लासका साथ मनाउने विश्व हिन्दु परिषद नेपालले २० जारी गरेको प्रेस विज्ञाप्तीमा उल्लेख्ख गरिएको थियो ।
साथै बिज्ञप्तीमा सामाजिक दूरी कायम गरी सामुहिक दीप प्रज्जवलन गर्न पनि आग्रह गरिए अनुसार नै बुधबार गरिएको कार्यक्रममा कार्यान्वयन गरेको देखिएको थियो ।
विश्व हिन्दू परिषद नेपालका महासचिव तथा बाँके जिल्ला अध्यक्ष बृजेश बहादुर सिंहले राम जन्म भूमिको शिलान्यासको सन्देश सबै सनातन हिन्दू धर्मवलम्बीसम्म पुगोस् र यस गौरवमय क्षणलाई उत्सवपूर्ण बनाउन दिप प्रज्वलन गरिएको बताउनुभयो ।
साथै दिप प्रज्वलन कार्यक्रममा कोभिड–१९ भाइरसबाट भागवन रामले रक्षा गर्न प्रथना पनि गरिएको थियो ।






