कैलालीमा प्रशासनले आज रातीदेखि हिँडडुलमा रोक लगायो

धनगढी । कैलालीमा आज रातीदेखि हिँडडुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कैलालीका शहरी क्षेत्रमा राती ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा निषेध लगाएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले तोकिएको समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा रोक लगाइने बताउनुभयो । उहाँका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार नै हिँडडुलमा रोक लगाइएको छ । गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएकोले रोकथाम र नियन्त्रणका लागि बुधबार विभिन्न ५ बुँदे निर्देशनसहितको सूचना जारी गरेको थियो । जिल्लामा मात्र कोरोना भाइरसबाट ६ सय ७० जना सक्रिय संक्रमित छन् ।

Previous articleअयोध्यामा श्रीरामको मन्दिर निर्माण शुभारम्भ : बाँकेमा दिप प्रज्वलन
Next articleबाँकेमा बिहीबार थप १६ जनामा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here