
नेपालगञ्ज । बाँकेका पत्रकार लक्ष्मण सापकोटालाई नेपाल पत्रकार महासंघ बाँकेले सहयोग प्रदान प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको साधारण सदस्य समेत रहनुभएका कोहलपुर निवासी पत्रकार लक्ष्मण सापकोटाको उपचारका लागि महासंघ बाँकेले बुधबार सहयोग प्रदान गरेको हो ।
तत्कालका लागि ३० हजार सहयोग प्रदान गरिएको महासंघले थप सहयोग गर्ने अध्यक्ष दामोदर भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।
लामो समयदेखि बिरामी रहनुभएका पत्रकार सापकोटा कलेजो सम्बन्धी समस्याबाट ग्रसित रहेको महासंघले जनाएको छ ।





