श्री मा. वि. जोगागाउँमा बिदाई कार्यक्रम (फोटो फिचर)

साहिल शेष (ताहिर)
नेपालगन्ज ।

बाँकेको जानकी गाउँपालिका-२ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँकाे कक्षा-९ को आयोजनामा बिदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कक्षा-९ का विद्यार्थीहरुले कक्षा-१० का विद्यार्थीहरुलाई टीका लगाएर बिदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । एसईई परिक्षामा उत्तीर्ण भइ प्रगतिको कामना गर्दै अघि बढ्न कक्षा ९ कि छात्राले बताइन ।विद्यालयका प्रअ मो.अलमीन राईको प्रमुख अतिथि र मावि पच्पोखराका चित्र बहादुर तिवारीको अतिथित्वमा कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै वि व्य सको अध्यक्ष रज्जब अली हलवाईले विद्यालयको शैक्षिक सुधार र विद्यालयको जगलाई अझै बलियो बनाउन लागि परेको बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक मो.आलमीन राईले छात्र-छात्रालाई मेहनत र लगनशीलताका सथ गुणस्तरीय शिक्षा हासिल गर्न जिकिर गर्नु भयो ।उक्त विद्यालयमा कक्षा-१ देखि कक्षा-१० साथै बाल बिकास कक्षा पनि सञ्चालित छन ।

सोहि विद्यालयका शिक्षक जितबहादुर वर्मा, मिना नाथ, बिनु श्रीस, निरज मिश्र, हनिफ जोलाहा, गिर्धरीलाल पाठक, पुष्पा आचार्य, सीता शाही, मिरा सुवेदी, सुधा सिंह, मोतिराम पोखरेल, जित प्रकाश मिश्र, विद्यालय कर्मचारी अनिल कुमार पथिक, संदिप कहार, पत्रकार लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।अन्तमा राईले कक्षा १० का विद्यार्थीलाई १, थान डायरी र १, थान कलम प्रदान गरि कार्यक्रमको समापन गर्नु भएको थियो । विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई नयाँ वर्ष २०७९ को आग्रीम शुभकामना समेत दिएका थिए ।

Previous articleकलेजो सम्बन्धी समस्याबाट ग्रसित पत्रकार सापकोटालाई महासंघद्धारा सहयोग प्रदान
Next articleजानकी गाउँपालिकाका विद्यालयहरुमा शुक्रबारदेखि वार्षिक परिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here