
साहिल शेष (ताहिर)
खजुराखुर्द । बाँकेको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा मातहतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको वार्षिक परिक्षा शुक्रबारबाट सञ्चालन हुने भएको छ ।
बिहिवार चैत्र १७ गते बसेको परिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । शिक्षा शाखाले एक सुचना जारी गर्दै बैशाख २ गते शुक्रबारदेखि पालिकाका सम्पुर्ण विद्यालयहरुलाई वार्षिक परिक्षा सञ्चालन गर्ने निर्देशन दिएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा जानकी गाउँपालिका अन्तर्गत सञ्चालित शैक्षिक सत्र २०७८ को कक्षा १ देखि कक्षा ९ सम्मको परिक्षा बिहान १० बजेदेखि सञ्चालन हुने विज्ञप्तिमा उल्लेख्य छ ।
पालिका अन्तर्गत सामुदायिक विद्यालय २४ वटा मदरसा १५ वटा बाल बिकास ४३ वटा र संस्थागत विद्यालय ८ वटा गरि जम्मा ९० वटा शिक्षण संस्थाहरु रहेको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत प्रतिभा ओलि खड्काले जानकारी दिनुभयो ।





