दास हत्या प्रकरण : भारतमा लुकेर बसेका ४ जना पक्राउ

धनगढी । कैलालीमा घाँटी छिनालेर रूखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटना भएको झण्डै तीन महिनापछि नेपाल प्रहरीले भारतबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार हत्या घटना अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम बोहरालाई भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

​पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रूखमा बाँधिएको अवस्थामा शव फेलापरेको थियो । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो ।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो ।

यस्तै, भण्डारीले भारतबाटै हत्यारा हौँ पक्राउ गरेर देखा भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए ।

Previous articleनेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु
Next articleघरेलु हिंसा मुद्दाका चार जना प्रतिवादी नेपालगञ्जबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here