घरेलु हिंसा मुद्दाका चार जना प्रतिवादी नेपालगञ्जबाट पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले घरेलु हिंसा मुद्दाका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का १९ वर्षीय ईरफान कवडिया, ५० वर्षीय राजु कवडिया, २८ वर्षीय असफाक कवडिया र २५ वर्षीय सहजाद कवडियालाई पक्राउ गरेको हो ।

घरेलु हिंसा मुद्दामा बाँके जिल्ला अदालतबाट २०७८ पुष २७ गतेको फैसलाले ३ महिना कैद तोकिएको थियो ।

उक्त मुद्धामा कैद तोकिएपश्चात फरार उनीहरुलाई बाँके प्रहरीको टोलीले २०७९ बैशाख २ गते पक्राउ गरेको जनाएको छ ।

Previous articleदास हत्या प्रकरण : भारतमा लुकेर बसेका ४ जना पक्राउ
Next articleवडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक खडकाको बिदाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here