खजुरा र बढैयाताल स्वास्थ्य शाखालाई अटोक्लेव र इम्प्लान्ट प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्यजन्य सामाग्री निर्मलीकरण गर्न अटो क्लेव र परिवार नियोजन कार्यलाई सहज बनाउन ईम्प्लान्ट सेट प्रदान गरिएको छ ।

भेरी वातावरणीय बिशिस्टता समूह (बि-ग्रुप) बाँकेले स्वास्थ्य शाखाबाट माग भए बमोजिम उक्त स्वास्थ्यजन्य सामाग्री निर्मलीकरण गर्ने सामान र इम्प्लान्ट सेट उपलब्ध गराएको हो ।

बि–ग्रुपका लेखा प्रमुख बेद प्रकाश दिक्षितले सो सामाग्री आईतवार खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल र बढैयाताल स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।

दुबै पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको र स्वास्थ्य सेवालाई संक्रमणमुक्त बनाउनका लागि स्वास्थ्य सामाग्री निर्मलीकरण गर्न अटो क्लेवको अभाव रहेको भन्दै स्वास्थ्य शाखामा माग गरिएको थियो ।

स्वास्थ्य शाखाले अभाव रहेको सामाग्री बि-ग्रुपसंग माग गरेपछि हामीले आवश्यक सामाग्रीहरू उपलब्ध गराएको लेखा प्रमुख दिक्षितले जानकारी दिनुभयो ।अष्ट्रेलियन एड र केयर नेपालको साझेदारीमा बाँके तथा बर्दियामा संचालित कोभिड–१९ आपतकालीन प्रतिकार्य र पुर्नलाभ परियोजना अन्तर्गत बढैयातालमा ७९ हजार १ सय ४४ रूपैया बराबराको ५ वटा अटोक्लेव तथा ६ वटा ईम्प्लान्ट सेट र खजुरामा ७१ हजार ८ सय २२ रुपैया बराबरको ५ वटा अटोक्लेव तथा ३ वटा इम्प्लान्ट सेट प्रदान गरिएको छ ।

पालिकाका नर्सिङ र स्वास्थ्यकर्मीहरूलाई ईम्प्लान्ट सम्बन्धि र आई पि.सि.सम्बन्धि तालिम संचालन पश्चात स्वास्थ्य संस्थाहरूमा यस्ता सामाग्रीहरुको अभाव रहेको कुरा सार्वजनिक भएको थियो ।

सहयोग स्वरुप प्राप्त भएको सामाग्रीले स्वास्थ्य संस्थामार्फत प्रदान भईरहेको सेवा अझ प्रभावकारी हुने खजुरा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताउनुभयो ।

यस्ता सामाग्रीको प्रयोगबाट स्वास्थ्य शाखालाई संक्रमणमुक्त बनाउन सहज हुने बढैयाताल स्वास्थ्य प्रमुख बिष्णु पौडेले बताउनुभयो । उहाँले एकैदमै आवश्यकता महसुस भएको र माग भएका स्वास्थ्य संस्थामा यो सामानहरू पुर्याउने जानकारी दिनुभयो ।

बि–ग्रुपले बाँके र बर्दियाका विभिन्न पालिकाहरूका स्वास्थ्य समस्या समाधानका लागि सहयोग गर्दै नमूना बनाउन आवश्यक उपकरणहरू समेत उपलब्ध गराउँदै आएको परियोजनाका फिल्ड संयोजक असरफ अन्सारीले बताउनुभयो ।

Previous articleनेपालगन्जकाे उपमेयरमा अन्सारीकाे नाम चर्चामा
Next articleतराईमा तीन दिनसम्म तातो हावा चल्ने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here