
धनगढी । कैलालीको अत्तरिया चोकमा राजा महेन्द्र शाहको सालिक अनावरण गरिएको छ ।
सालिक पुर्ननिर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार उक्त सालिक राखिएको हो ।
सालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका हुन् ।
२०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन सालिक भत्काइएको थियो ।





