किसान हितका लागि अगाडी बढ्दै : मेयरका उम्मेदवार कमरुद्दिन राई

नेपालगञ्ज । जसपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प नभएको बताउनुभएको छ ।

जसपा नेपालगन्ज उपमहानगरपालिका २० को सम्पर्क कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफ्नो चुनाब चिन्ह छातामा छाप लगाएर मतदान गर्न अपिल गर्नुभयो । उहाँले आफ्नो उम्मेदवारी किसानको हितमा भएको बताउनुभयो ।

उहाँले उपमहानगरपालिकामा चुनाव जितेर गएका जनप्रतिनिधिले किसानका लागि कुनै काम नगरेको आरोप लगाउनुभयो । उहाँले अघिल्लो निर्वाचनमा चुनाव जितेर गएकाले नगरको बिकास गर्न नसकेको बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षाको सवालमा बिशेश ध्यान दिने बताउनुभयो ।

खासगरि मधेसी तथा मुस्लिम समुदायका किशोरीहरुलाई शिक्षाको मुलप्रबाहमा ल्याउन बीमालाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थित गरिने बताउनुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने उहाँको प्रतिबद्धता छ ।

अहिले पनि गरिब तथा बिपन्न समुदायका मानिसहरु स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेकाले आफु निर्वाचित भए उनीहरुको लागि स्वास्थ्य सेवा निःशुल्क अगाडी बढाउने उहाँको भनाई छ ।

Previous articleराजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक
Next articleकैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको सालिक अनावरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here