१५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको १५ दिने आधारभूत पत्रकारिता तालिम समापन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

तालिमको समापनमा बोल्दै उपमहानगरपालिकाका प्रवक्त एवं वडा अध्यक्ष प्रमोद रिजालले पत्रकारिताले स्वयं व्यक्तिलाई अनुशासनमा समेत ल्याउन मद्दत पुर्याउने र समाजको यथार्थलाई सार्वजनिक गर्ने काम गर्ने बताउनुभयो ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षमा भएको समापन समारोहमा सहभागि परिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो क्रममा बोल्दै महासंघका अध्यक्ष भण्डारीले उपमहानगरपालिकाले पत्रकारिताका लागि महासंघलाई सहयोग गरिरहेको र यसले समाजलाई सुसुचित गर्ने काममा सहयोग समेत पुग्ने धारणा राख्नुभयो ।

चैत्र १५ देखि ३० गतेसम्म महासंघको सभाहलमा तालिम संचालन गरिएको थियो ।

Previous article९९६ व्‍यावसायिक फर्मलाई कारबाही
Next articleट्राफिक चोकबाट चार सय केजी प्रयास माछा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here