
नेपालगञ्ज । प्रहरीले भारतबाट चोरी पैठारी ल्याइएको ४ सय केजी माछा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० ट्राफिक चोकबाट बरामद गरेको छ ।
भन्सार तथा क्वारेन्टाईन छली चोरी पैठारी गरी ल्याउँदै गरिएको उक्त माछा आइतबार साँझ नेपालगञ्ज ट्राफिक चोक नजिकबाट वडा प्रहरी कार्यालयबाट खटिएएको प्रहरी टोलीले बरामद गरेको हो ।
बरामद भएको प्रयास जातको अन्दाजी करिब एक लाख २० हजार बराबरको माछा आवश्यक कारवावाहीको लागी पशु क्वारेनटाईन कार्यालय, नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।





