
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाअध्यक्ष प्रमोद रिजालले जनप्रतिनिधि बापत प्रयोग गर्दै आएको सरकारी सम्पत्ति बुझाउनुभएको छ ।
सोमबार वडा सचिव नेवलाल घर्तिलाई आफुले प्रयोग गर्दै आएको सरकारी सम्पति फिर्ता गर्दै वडाअध्यक्ष रिजाल जिल्लामै सरकारी सम्पत्ति फिर्ता गर्ने पहिलो जनप्रतिनिधि पनि हुनुभएको छ ।
हालसम्म जिल्लाका कुनै वडा, गाउँपालिका, पालिका र उपमहानगरपालिकाका कुनै जनप्रतिनिधिले प्रयोग गर्दै आएको सरकारी सम्पत्ति फिर्ता गरेका छैनन् । वडाअध्यक्ष रिजालले प्रयोग गर्दै आएको मोटसराईकल र प्यापटप वडा कार्यालयलाई बुझाउनुभएको हो ।
यस्तै जिल्लाकै बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रूचाल र खजुरा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्षका सुमन मल्लले भने जनप्रतिनिधी भएदेखि नै सरकारी सवारी साधनको प्रयोग गर्नुभएको छैन् ।
यसका साथै उहाँले पाँच बर्षमा वडातहमा भएका समग्र गतिविधी बारे भिडियो डकुमेन्ट्री बनाएर वडाको अबस्थाका बारे पनि प्रकाश पार्नुभएको छ ।
वडापालिकाले पाँच बर्षको अबधीमा गरेको गतिविधीलाई समेटेर ‘धम्बोझी’ नामक पुस्तक समेत प्रकाशित गरेर प्रचार प्रसारमा समेत वडापालिकालाई अघि बढाउनुभएको छ ।





