
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुमा प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
बिद्यालयहरुमा शैक्षिक सिकाईलाई प्रभावकारी बनाउन सोमबार एक दिने शन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको आयोजनामा उक्त अभिमुखिकरण संचालन गरिएको हो ।
अभिमुखिकरणलाई शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले सहजीकरण गर्नुभएको थियो ।
स्याक नेपालद्धारा बाँके र बर्दियाका बिभिन्न पालिकामा संचालित सिकाई परियोजना अन्तर्गत खजुरामा समेत परियोजना क्षेत्रका बिद्यालयहरुको सहभागितामा कार्यक्रम गरिएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।





