मा.बि.नौलापुरमा चार कोठे पक्की भवनको सिलन्यास

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नौलापुरमा चार कोठे पक्की भवनको सिलन्यास गरिएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, वडा नं ४ का वडा अध्यक्ष काली बहादुर सिंहले सोमबार संयुक्त रुपमा बिद्यालय परिसरमा भवन निर्माणको सिलन्यास गर्नुभएको हो ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्त बहादुर वली, प्रधानाध्यापक बल बहादुर खत्रीले सयुक्त रुपमा पुजा गर्नु भएको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय सरकारको ३६ लाख रकमबाट दुई तले ४ कोठे भवन निर्माण हुन लागेको बिद्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ भित्र भवन निर्माण सम्पन्न गर्ने गरी समयावधी रहेको शिक्षक तारा योगीले जानकारी दिनुभयो ।

Previous articleट्राफिक चोकबाट चार सय केजी प्रयास माछा बरामद
Next articleनेपालगञ्ज १ का वडाअध्यक्ष रिजालले फिर्ता गरे सरकारी सम्पत्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here