अभि चौधरीलाई सोसल युथ अवार्ड-२०२२ प्राप्त

नेपालगञ्ज । सोसल युथ अवार्ड–२०२२ को ताज अभि चौधरी जितेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्वले आयोजना गरेको उक्त अवार्ड चौधरीलाई शनिबार एक समारोहमा प्रदान गरिएको छ ।

यस्तै पब्लिक इन्फ्लुएन्सर अवार्ड सिमरन शाहले पाएकी छन् भने पब्लिक भ्युवर चोइस अवार्ड रिसव बैश्यले पाएका छन् ।योसंगै सोसल युथ अवार्ड विजेता चौधरीले प्रमाणपत्र, ट्रफीसहित नगर २५ हजार हात पारेका छन् ।

पब्लिक इन्फ्लुएनसर अवार्ड र पब्लिक भ्युवर चोइस अवार्ड विजेताद्वय शाह र बैश्यले प्रमाणपत्र, ट्रफीसहित नगद ५/५ हजार हात पारेका छन् ।

आयोजक नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेका अनुसार मुख्य अवार्ड विजेतालाई अध्ययनका लागि छात्राबृति प्रदान गरिनेछ । गत चैत्र १७ गतेबाट सञ्चालित इभेन्टमा जिल्लाका २ सय जना प्रतियोगिले सहभागिता जनाएका थिए ।

अडिसनबाट छानिएका २ सय जनाबाट उत्कृष्ट १० मा समावेश किशोर किशोरीलाई उपाधीका लागि प्रतिस्प्रर्धा गराइएको थियो ।

सो अवसरमा उत्कृष्ट १० मा समावेश किशोर किशोरीलाई १० दिनको फिल्ड कार्य, प्रशिक्षण, समुह कार्य, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।

उत्कृष्ट १० मा जेनिला शाह, सिमरन शाह, लक्ष्मि न्यौपाने, अभि चौधरी, आरषी ज्ञवाली, रिदम शाक्य, अन्जना कठायत, रिसब बैश्य, इन्द्र बोगटी र दुर्गा दसौदी रहेका थिए ।

नेतृत्वका प्रमुख चलाउनेले सामाजिक उत्तरदायित्व र प्याड बैंक स्थापनार्थ सोसल अवार्ड आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार अवार्डमा नगद राशी जित्ने विजेताबाट केही रकम ‘प्याड बैंक’का लागि लिइनेछ ।

जिल्लामा विभिन्न प्रकोप, संकट तथा आर्थिक अवस्था कमजोर रहेका किशोरी एवम महिलालाई निःशुल्क प्याड वितरण गर्नका लागि स्थापना गरिएको प्याड बैंक सहयोगार्थ यो इभेन्ट गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यात्रा मिडिया, बास नेपाल, युवा क्लब सञ्जाल, सामुदायिक प्रहरी सेवा केन्द्र र सारगो सर्भिससेज प्रालिलगायतले अवार्डमा सहकार्य गरेका थिए ।

यसअघि पनि नेतृत्वले काठमाण्डौं, सुर्खेत र बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा सोसल अवार्ड तथा ट्यालेण्ट हण्ट आयोजना गरिसकेको नेृत्वका कार्यक्रम व्यवस्थापन प्रमुख सागर क्षेत्रीले जानकारी दिनुभयो ।

Previous articleप्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी अभिमुखिकरण
Next articleजेसिज सप्ताह-२०२२ : खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here