काबुलमा विस्फोट : ६ जनाको ज्यान गयो, केही घाइते

एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फोट गराएका छन् ।

घटनामा कम्तीमा ६ जनाको ज्यान गएको र अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएको छ ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो ।

त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।

दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Previous articleबाँकेमा ‘निर्माण होलिडे’ घोषणा, झन्डै सात अर्ब बराबरको ५ सय आयोजनाका काम ठप्प
Next articleछ लाख बढिको खसीबोका र गाडीसहित बर्दियामा एक व्यक्ति पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here