छ लाख बढिको खसीबोका र गाडीसहित बर्दियामा एक व्यक्ति पक्राउ

नेपालगञ्ज । बर्दिया प्रहरीले अबैध खसीबोका बोकेको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार खटिएको टोलीले सोमबार राती चेकजाँच गर्ने क्रममा उक्त खसीबोका बोकेको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

गुलरिया नगरपालिका वडा नं ६ स्थित राती करिब साढे सात बजेको समयमा चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं.३ का २६ वर्षीय राज कुमार बानियाले भारतबाट भन्सार छली गरी ल्याएको ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ३७ जीउ खसीबोकासहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

करिब छ लाख १७ हजार रुपैया बराबरको उक्त खसीबोका र पिकअप गाडीसहित बानियालाई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।

Previous articleकाबुलमा विस्फोट : ६ जनाको ज्यान गयो, केही घाइते
Next articleनेपालगञ्जका दुई स्थानमा आँखा शिबिर, १५२ जनाको चेकजाँच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here