नेपालगञ्जका दुई स्थानमा आँखा शिबिर, १५२ जनाको चेकजाँच

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका दुई स्थानमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

दोश्रो चरणको बृहत निःशुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत नेपालगञ्ज शहरी स्वास्थ केन्द्र वडा नं ९ पीलारीपुर्वा र शहरी स्वास्थ केन्द्र वडा नं १० गोसाईगाउँमा निःशूल्क शिविर सम्पन्न भएको हो ।

वडा नं ९ मा संचालन भएको शिबिरमार्फत ९० जनाको निस्शूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने १४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

यसैगरी वडा नं १० गोसाईगाउँमा ६२ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

फत्तेबाल आँखा अस्पताल, तेजकोहली रुइत फाउण्डेशन र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन गरिएको छ ।

यही क्रममा बैशाख ७ गते नेपालगञ्ज शहरी स्वास्थ केन्द्र वडा नं ११ भवानीवाग र स्वास्थ चौकी कोरियनपुरमा सञ्चालन हुने भएको छ ।

Previous articleछ लाख बढिको खसीबोका र गाडीसहित बर्दियामा एक व्यक्ति पक्राउ
Next articleविभिन्न कार्यक्रम गर्दै कर्मचारी संगठनले स्थापना दिवस मनाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here