विभिन्न कार्यक्रम गर्दै कर्मचारी संगठनले स्थापना दिवस मनाउँदै

नेपालगञ्ज । निजामती कर्मचारी संगठन, बाँकेले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाउन लागेको छ ।

स्थापना दिवसको अवसर पारेर सरसफाईदेखि रक्तदान लगायतका कार्यक्रम तय गरिएका छन् ।

संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईका अनुसार स्थापना दिवसको अवसरमा नेपाल भारत सिमा क्षेत्रमा सरसफाई, रक्तदान, शुभकामना आदान प्रदानका कार्यक्रम गरिन लागिएका हुन ।

संगठनले बिभिन्न कार्यक्रम अन्तर्गत बैशाख ७ गते बिहान ७०० बजे नेपाल भारत सिमा (गेट) आसपास क्षेत्र जमुनाहमा वृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

यस्तै बैशाख ७ गते नै दिउँसो नेपालगन्जमा शुभकामना आदान प्रदान एवं भित्तेपात्रो सार्वजनिकिकरण कार्यक्रम आयोजना गरेको छ भने बैशाख ८ गते बिहान ७ बजे रक्त सन्चार केन्द्र नेपालगन्जमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सम्पूर्ण कार्यक्रमहरुमा सहभागि भईदिन संगठनले सार्वजनिक रुपमा आग्रह गरेको छ ।

Previous articleनेपालगञ्जका दुई स्थानमा आँखा शिबिर, १५२ जनाको चेकजाँच
Next articleखोप केन्द्र व्यवस्थापनमा स्वयं सेवकको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here