निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई क्वारेन्टिन पठाइयो

बाँके । निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई बिहीबार क्वारेन्टिाइन पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरी निषेधाज्ञालाई उल्लंघन गर्नेलाई क्वारेन्टिनमा लगेर बसाइएको हो ।

कोरोनाको जोखिम न्युनिकरणका लागि गरिएको निषेधाज्ञाको पालना नगर्नेहरुलाई क्वारेन्टिन पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उहाँका अनुुसार व्यापारी, रिक्सा चालक लगायतका व्यक्तिलाई क्वारेन्टिन पठाइएको हो ।

गत शनिबार रातीदेखि बाँकेका निषेधाज्ञा जारी गरिएको छ । पहिलो पटक तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा कोरोनाको संक्रमण बढ्दै गएपछि पुन चार दिन थप गरी अगामी शनिबार १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।

Previous articleबाँकेमा बिहीबार थप १६ जनामा संक्रमण पुष्टि
Next articleएक चिकित्सकसहित बाँकेमा २८ जनामा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here