‘जोखिम संचार तथा समुदाय संलग्नता’ मार्फत नेपालगञ्जमा उपलब्धीमुलक कार्य

नेपालगञ्ज । कोरोना बिरुद्ध आम नागरिकलाई सक्रिय तथा सुरक्षित बनाउन नेपालगञ्जमा संचालन भएको जोखिम संचार तथा समुदाय संलग्नता परियोजनाले उपलब्धीमुलक कार्य गरेको देखिएको छ ।

नेपालगञ्जमा आयोजना गरिएको समिक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रममा परियोजनाले समुदायमा उपलब्धीमूलक कार्य गरेको देखिएको हो । परियोजनाको उपलब्धीबारे परियोजना संयोजक आशिष बर्माले प्रकाश पार्नुभएको थियो ।परियोजनामार्फत खोप लगाउने कार्यमा बृद्धि भएको, समाजमा खोप सम्बन्धी फैलिएको गलत मिथ्या तथा भ्रमहरुलाई सचेतनामार्फत सकारात्मक बनाउन सफल भएको, सीमान्तकृत समुदायमा खोप केन्द्र संचालन गरी खोप लगाउने संख्यामा बृद्धि भएको, उपमहानगरपालिकाले संचालन गरेको खोप केन्द्रहरमा आकास्मिक अवस्थामा स्वयंसेवक परिचालन गरी संचालनमा सहयोग गरेको, कोभिड १९ बाट सुरक्षित रहने बानी तथा व्यवहार परिवर्तनको शन्देश प्रवाह भएको र समुदायमा युवा, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको प्रभावकारी सहभागिता भएको देखिएको हो ।परियोजनाले गरेको कार्यको समिक्षामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले परियोजनाको कार्यले यहाँको स्वास्थ्य कार्यक्रममा ठुलो सहयोग पुगेको बताउनुभयो । उहाँले सिमित मानव साधनकाबीच संचालन गरिएको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन परियोजनाको सहयोगले सहज बनेको धारणा राख्नुभयो ।

यस्तै कार्यक्रममा नेपालगञ्जका अन्य स्वास्थ्यकर्मीले परियोजनामार्फत संचालन भएको गतिबिधिलाई समुदायमा राम्रो शन्देश पुगेको बताएका छन् । उनीहरुले परिचालन भएका स्वयंसेवक स्वास्थ्यकर्मी नभएपनि खोप केन्द्रमा सहयोग भूमिका रहेको बताए ।

समापनमा सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरीले परियोजनामार्फत कोभिड सचेतना बृद्धि गर्ने आफुहरुको लक्ष्य सफल बनेको बताउनुभयो । आवश्यक परेको स्थानमा सहयोग गर्न पाउँदा आफुहरुलाई पनि खुशी भएको र यसमा नेपालगञ्जका स्वास्थ्यकर्मीहरुको मेहनत पनि अतुलनिय रहेको बताउनुभयो ।सामाजिक बिकास मंचका अध्यक्ष चम्प सिंह थापा मागरले परियोजनाको सफलता स्वास्थ्यकर्मी तथा स्वयंसेवकको खटन नै रहेको भन्दै परियोजनामा जोडिएका सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मंचद्धारा यो परियोजना लागु भएको थियो ।

परियोजनाको समयावधी छोटो समयमा कोरोना बिरुद्धको लडाईमा धेरै व्यक्तिलाई बुझाउने कार्यमा सहयोग गर्ने नेपालगञ्जका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लबका पदाधिकारी, किशोरी क्लबका पदाधिकारी र फिल्डमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्रले सधन्यवाद सहित सम्मान प्रदान गरिएको परियोजनाका सिनियर फिल्ड अधिकृत सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्ज साक्षर नगर घोषणा
Next articleजसपाले गठबन्धनको निर्णय मान्ने संकेत, राई उमेयरमा लडन तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here