जसपाले गठबन्धनको निर्णय मान्ने संकेत, राई उमेयरमा लडन तयार

नेपालगञ्ज । बाँकेमा गठबन्धनको निर्णय नमान्ने भन्दै आएको जनता समाजवादी पार्टीले अन्ततः केन्द्रको निर्णय मान्ने संकेत देखिएको छ ।

जसपाबाट मेयरका उम्मेदवार कमरुद्दिन राईले गठबन्धनको निर्णय मानेर उपमेयरमा भएपनि आफु चुनाव लड्ने संकेत गर्नुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै जसपा बाँके अध्यक्ष समेत रहेका राईले पार्टीको निणर्य अस्वीकार्य भएपनि हाललाई उपमेयरमै भएपनि चुनाव लड्ने निष्कर्शमा पुगेको बताउनुभयो ।

नेपालगञ्जवासीको कुनैपनि हालतमा यही भए नि स्वीकार्नुस्, राईले भन्नुभयो, नेता र कार्यकर्ताको आग्रह अनुसार अब उपमेयरमै लड्ने भनेर सबैको डिसिजन आइसकेको छ ।

सबैको राय सल्लाह अनुसार उपमेयर भएपनि राई लड्ने पार्टीभित्र सहमति भएको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

गठबन्धनको निर्णय अनुसार नेपालगञ्जमा मेयर नेपाली कांगे्रस र उपमेयर जसपाले उठाउने सहमति भएको थियो । नेपलागञ्जमा जसपाको पकट बलियो रहेको भन्दै गठबन्धनको निर्णय नमान्ने अडान राखेको थियो ।

गठबन्धन अघि चुनावको मिति तय भएसंगै जसपाबाट मेयरको प्रचारमा राई आक्रमक रुपमा लागेका थिए । तर गठबन्धनबाट जसपाले मेयर नपाउने सहमति भएपछि निर्णय सच्याउन जसपा बाँकेले आज शुक्रबारसम्म अल्टिेमेटम समेत दिएको थियो ।

Previous article‘जोखिम संचार तथा समुदाय संलग्नता’ मार्फत नेपालगञ्जमा उपलब्धीमुलक कार्य
Next articleनेपालगन्ज २ को वडाअध्यक्षका प्रमुख दाबेदार कस्मिरा खातुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here