मुक्त कमैया शिविरमा भीषण आगलागी

file photo

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।

आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ । ७२ भन्दा घरधुरी रहेको शिविरमा भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।

गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाउनुभयो ।

उहाँले रुँदै भन्नुभयो, ‘हजुर हामीलाई बचाऊ, केही बाँकी रहेन । लत्ता कपडा, अन्न, पशु चौपाया सबै जले ।’ लोकान्तरबाट

Previous articleडुडुवामा २ वडा सदस्यसहित जसपाका ५० वढी कार्यकर्ता कांग्रेसमा प्रबेश
Next articleनेपालगञ्जको मेयरमा कांग्रेसले बिष्टलाई बनायो उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here