
नेपालगञ्ज । नेपालगञ्ज् उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुनुहुन्छ ।
पार्टीको १४ औं महाधिवेशनमा विष्ट अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित हुनुभएको थियो । नेपालगन्ज नगर सभापतिमा उहाँको यो तेस्रो कार्यकाल हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो । टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा हुनुहुन्थयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दै हुनुहुन्छ ।





