कोहलपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जाने सहमति

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलको घोषणा गरिएको छ ।

उम्मेदवार मनोनयन दर्ताको समयको पहिलो दिन साँझा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो ।

साँझ करिब ६ बजेतिर दुबै पार्टीको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा कोहलपुर नगरको मेयरमा माओवादी केन्द्रले उम्मेदवार उठाउने र उपमेयरमा एकीकृत समाजवादीले उम्मेदवार उठाउने गरी चुनावी सम्झौता गरिएको केन्द्रका कोहलपुर अध्यक्ष अवराज खडकाले जानकारी दिनुभयो ।

कोहलपुरको मेयरमा केन्द्रले नरेन्द्र न्यौपाने र समाजवादीले उपमेयरमा नारायणी वलीलाई उम्मेदवार बनाएको छ ।

यस्तै माओवादीको भागमा कोहलपुरको १३ वटा वडा र समाजवादीको भागमा २ वटा वडा पर्ने तथा वडा सदस्यहरुमा माओवादीको भागमा ४७ वटा र समाजवादीको भागमा १३ वटा सदस्यमा उठाउने जनाएपनि वडा सदस्यहरुको भागबण्डा मिलाउन बाँकी रहेको केन्द्रले बताएको छ ।

Previous articleनेपालगञ्जको मेयरमा कांग्रेसले बिष्टलाई बनायो उम्मेदवार
Next articleराष्ट्रिय शिक्षक संगठले गर्यो अग्रजको सम्मान तथा क्यालेण्डर बिमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here