कांग्रेसबाट मेयरमा बिष्ट र जसपाबाट उपमेयरमा राईको उम्मेदवारी दर्ता

नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका मेयरका उम्मेदवार प्रशान्त विष्ट र उमेयरमा जसपाका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट राईले दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाले मेयर बाहेक अन्य पदमा उम्मेदवारी दिएको छ । मेयरमा कांग्रेसलाई सघाएको छ ।

पार्टी कार्यालयबाट बाजागाजासहित ठूलो संख्याका कांग्रेस नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने जसपाको टोली पनि दलबलका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

उम्मेदवारी दर्ता गरेपछि मेयर र उमेयर पदका दुबै उम्मेदवारले हार्दिकता साटासाट गर्दै संयुक्त स्वरमा मेयर उपमेयर जित्ने उद्घोष गरेका छन् ।

यसैगरी २३ वटै वडाका कांगेसका वडा अध्यक्षका उम्मेदवार र सदस्यहरुले पनि मनोनयन दर्ता गराएका छन् ।

Previous articleडेढ करोड मुल्य बराबरको चरेस सहित देवकोटा पक्राउ
Next articleबाँकेका आठ वटै पालिकामा मनोनयन दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here