
नेपालगञ्ज । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले सोमबार उत्साहजनक रुपले मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा चासोका साथ हेरिएको नेपालगन्ज उपमहानगरपालिकामा करिव दुई दर्जन उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट कमरुद्धिन राईले मनोनयन दर्ता गराउनुभएको छ ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले दर्ता गराउनुभएको छ । गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुख पदमा मनोनयन दर्ता गराउनुभयो ।
राप्रपाको तर्फबाट आइतबार नै प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले मनोनयन दर्ता गराउनुभएको थियो । मनोनयन दर्ता गर्ने क्रममा उम्मेदवारले आफ्नो शक्ति प्रर्दशन गरेका थिए ।
बाँकेको ८ वटै स्थानीय तहमा सोमबार कांग्रेस, एमाले, माओबादी केन्द्र लगायत दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिनुभयो ।





