
नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँमा एक २२ वर्षिय युवा चुनावमा होमिएका छन् । समाजका लागि केही गर्नुपर्छ भन्ने सोंचका साथ उनी २२ वर्षको उमेरमा स्थानीय तहको निर्वाचनमा होमिएका हुन ।
हुन त उनमा समाजसेवा र नेतृत्व गर्ने क्षमता नभएर नभई समाजका लागि आवश्यक पर्ने क्षमता उनीमा भएर अगाडी बढेका छन् । सानै उमेरमा पश्चिम नेपालमा नमूना कार्य संचालन गरिरहेका आशिष तिमिल्सिना कुनै नयाँ नाम होईन ।
उनले यो उमेरमा गरिरहेको कार्य देखेर स्थानीय नेतृत्व मात्रै नभएर पश्चिम नेपालमा उनलाई चिन्नेले उनको क्षमता देखेर दंग छन् । उनले ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा अशिम अस्पताल चलाई रहेका छन् ।
जहाँ उनले प्रशिद्ध डाक्टरहरु उपस्थित हुने वातावरण निर्माण गरेका छन् । जुन कुरा त्यहाँका अन्य व्यक्तिले अहिलेसम्म गर्न सकेका थिएनन् । उनको यो कार्यले स्थानीय बिरामीलाई धेरे सहज भएको स्थानीयहरु बताउँछन् ।
उनै आशिषले ठाकुरबाबा नगरपालिकामा केही गर्नका लागि वडा सदस्यको पदमा उम्मेदवारी दिएको बताएका छन् । आशिषले सोमबार दिउँसो ३ :४५ बजे निर्वाचन कार्यालय पुगेर नेपाली कांगे्रसबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका हुन ।
समाजको बिकास गर्न युवाको आवश्यकता देखिन्छ, उनले भने, जता हेर्यो उता भ्रष्टाचार मात्रै देखिन्छ, समाजका लागि कसैले काम गरेको त देखिँदै देखिँदैन्, त्यसकारण म जस्ता युवा समाज असल समाज निर्माण गर्नुपर्छ, असल समाज निर्माणका लागि मेरो उम्मेदवारी हो ।
कोरोना कहरका बेला होस या अन्य समयमा उनी सधै समाजिक कार्यमा सक्रिय नै देखिन्छन् । समाजलाई उनी जस्तो युवाको खाँचो पनि छ ।





