
नेपालगञ्ज । जसपा युवा नेता मोहम्मद फैजले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
२२ वर्षिय युवा फैजले लामो समयदेखि राजनीतिक पार्टीमा सक्रियता साथ लागेका थिए । जनता समाजवादी पार्टीले गठबन्धन गरेपछि निराश बनेका फैज बागी उम्मेदवारको रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।
समाजवादी विद्यार्थी युनियनको केन्द्रिय सदस्य तथा बाँकेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका फैजले सोमबार निर्वाचन कार्यालय नेपालगञ्ज पुगेर मेयरमा बागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जसपा लगायतका पार्टीबीच गठबन्धन भएपछि सार्वजनिक रुपमा फैजले सामाजिक संजाल आफु नेपालगञ्जमा बागी उम्मेदवार उठ्ने लेख्नुभएको थियो ।





