नेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही

फाईल तस्बिर

नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले मंगलबार अनुगमनका क्रममा तीन वटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

बिल बिजक नराखेको र खरिद बिल देखाउन नसकेको हुँदा तत्काल ५/५ हजार रुपैयाँ जरिवाना गरि अनिवार्य बिल बिजक जारी गर्न र खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

जरिवानामा पर्ने पसलहरुमा महेक एण्ड विवेक किराना पसल, फुड वल्ड र सुरेश ट्रेडर्स रहेका छ्न् । अनुगमनका क्रममा करिब ८ हजार भन्दा बढी मूल्य बराबरको खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका खाद्य सामग्री नष्ट गरिएको र व्यवसायीलाई उपभोग्य म्याद समाप्त भएका सामग्री बिक्री वितरण नगर्न र एक्सपायर जोनको व्यवस्था गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका प्रतीक्षा श्रेष्ठ, उपभोक्ता मन्च नेपालका सुदिप भट्टराई, व्यवसायी प्रतिनिधि फणाधर भण्डारी लगायत रहनुभएको थियो ।

Previous articleकाँग्रेसबाट जानकीको अध्यक्षमा खाँ र उपाध्यक्षमा यादवको उम्मेदवारी दर्ता
Next articleशनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here