लमहीमा बजार अनुगमन, कौशल हार्डवेयरलाई २० हजार जरिवाना

दाङ । नेपालगञ्जमा दैनिक रुपमा हुँदै आएको बजार अनुगमन बिहीबार दाङमा गरिएको छ । बिहीबार दाङको लमही बजारमा रहेका औषधी पसल, सर्जिकल, एलेक्ट्रिकल, हार्डवेयर, किराना तथा खाद्यान्न पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा खरिद बिल पेश नगर्ने कौशल हार्डवेयर पसललाई तत्काल २० हजार रुपैया जरिवाना गरिएको छ । पसलमा ल्याइने सामान तथा बिक्री गरिने सामानको बिल पेश नगरिएकाले जरिवाना गरिएको हो ।

त्यस्तै खरिद बिक्रीको मापदण्डभित्र रहेर गरिने व्यापार नगर्ने पसल, व्यसायलाई सुझाव तथा आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा औषधी पसलबाट अन्य कारोवार गरेका, अनुमति नलिएकाले लिएर मात्र थोक कारोवार गर्न र पसल नविकरण गरि सात दिनभित्र पेश गर्न, expire zone को व्यवस्था लगायतको निर्देशन दिईएको छ ।

अनुगमनमा वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, लमही नगरपालिकाका प्रवक्ता तथा वडा नं.५ का वडाध्यक्ष बिमबहादुर केसी, लमही नगरपालिका कृषि शाखा प्रमुख अमर कुमार चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे, वडा प्रहरी कार्यालय लमहीका सहायक प्रहरी निरीक्षक कमल पौडेलको सहभागिता रहेको थियो ।

Previous articleहाय गर्मी…….!
Next articleश्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here