
शिवराज शाहु- नेपालगञ्ज
आरे यार कोई एसी चलादो………अहिले नेपालगंजमा केही समय देखि यस्तै हालात भएको छ । नेपालगंज उपमहानगरपालिकामा विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ्गले नेपालगंजबासीलाई सास्ती भोग्नु परेको छ । आजभोली बिद्युतको अनिमियताले गर्दा राती सुत्न सकिन्न त्रिभुवन चोक नजिक बस्ने राहुल जैसवाल भन्छन्, घरमा रहेको दुई वटा बल्ब भोल्टेजले गर्दा फ्यूज भैसकेको छ । यसका साथै ईलेक्ट्रोनोक्सि सामानहरुमा पनि असर परिरहेको उनी बताउँछन् । बिद्युत अनियमित हुँदा मानिसलाई बस्न गाह्रो भएका बेला नेपालगंजमा एक साता देखि लगातार तापक्रम पनि बढ्दै गईरहेको छ । बिद्युत अनिमियताले गर्दा घरमा राखेको खाना, पसलमा राखको पेय पर्दाथहरु सबै नोक्सान हुने गरेको छ । फ्रिजबाट काम हुने पर्दाथहरु जस्तै दुध दही आइस्क्रीम आदि सबै पदार्थहरु गर्मीले गर्दा नोक्सान हुने अवस्थामा रहेको देखिन्छ । एक सातायता देखि यहाँ पानी परेको छैन । पानी नपर्दा यहाँ गर्मी अत्यधिक बढेको छ । पानी परेपछि केही दिन राहत भएपनि पानी नपर्दा अत्यधिक गर्मी हुने गरेको छ । उखरमाउलो (उम्सो) गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ । चर्को गर्मीमा भइरहेको विद्युत कटौतीले नेपालगंजका बासिन्दाहरुलाई झन सास्ती भोग्नु परेको छ । लामो समयसम्म विद्युत नआउने, छिनमै आउने, छिनमै जाने गर्नाले गर्मीमा बस्न समस्या छ । रातिको समयमा विद्युत नआउँदा गर्मीमा सुत्न समस्या हुने गरेको छ । केही समययता यहाँ अघोषित रुपमा दैनिक लामो समय लोडसेडिङ्ग भइरहेको छ । पटक पटक विद्युत आउने–जाने भइरहे पनि यसको समाधानका लागि सरोकारवाला निकायले चासो दिएको देखिदैन । कहिले पावर कम हुने कहिले पावर बढी हुने र पटक पटक आउने–जाने भइरहँदा टीभी, फ्रिज लगायत विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । विद्युत पटक पटक गइरहने र आएका बेला पनि पावर नपुग्ने समस्या छ । यसले नेपालगंजका सबैजसो क्षेत्र प्रभावित बनेको छ । चर्को गर्मीमा अनियमित रुपमा विद्युत कटौती गर्दा दैनिकी नै प्रभावित भएको छ । यहाँ दैनिक लामो समयसम्म विद्युत जाने गरेको छ । यो याममा खासगरी बाँकेको नेपालगंज उप–महानगरपालिका मा अत्यधिक गर्मी हुने गर्छ । गर्मी सिजनमा विद्युत अनियमित हुँदाको असर आमउपभोक्ताको जीवनमा परेको छ ।





