मेयरमा स्वतन्त्रत उठेका शर्माद्धारा उम्मेदवारी फिर्ता

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले कोहलपुर नगरपालिकाको मेयरमा युवा नेता पुर्ण आचार्यलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएका नेता बलराम शर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

कोहलपुरका पुराना नेतालाई लत्याँदै पार्टीले युवालाई टिकट दिएपछि असन्तुष्ट बनेका शर्माले कोहलपुरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । शर्माले शुक्रबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय कोहलपुर पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिएसंगै कांग्रेसबाट कोहलपुरको मेयर पदका उम्मेदवार आचार्यलाई समर्थन जनाउनुभएको छ । शर्माले सामाजिक संजालमा समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको राख्नुभएको छ, र उहाँले उम्मेदवारी फिर्ता लिएसंगै कांग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभएको छ ।

आचार्यले टिकट पाएपछि रुष्ट बनेका शर्मा तथा अन्य नेताहरुले बिरोध गर्नुभएको थियो । टिकट बितरणमा कोहलपुरका पुराना नेताहरुलाई वेवास्ता गरिएको असन्तुष्टि जनाउँदै कांग्रेस पार्टी कार्यालयमा नेता, कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

Previous articleगठबन्धन बाहेकको उम्मेदवारी फिर्ता नभए दलले कारबाही गर्ने सहमति
Next articleविमान शौचालयको फोहरसँगै सुन लिएर निस्कने ५ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here