डुडुवामा काँग्रेसको घरदैलो अभियान पनि तीब बनाइयो

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ ।

काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी (पप्पु) र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरातीपुर्वा र कोलहीमा घरदैलो गर्नुभएको हो ।

घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानोले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुसँग आग्रह गर्नुभयो ।

उहाँहरु अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखनिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो ।

त्यस क्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

Previous articleराप्तीसोनारीमा अध्यक्षका उम्मेदवार कांग्रेसका पौडेलद्धारा घरदैलो अभियान तिव्र
Next articleलोसपा बाँकेका ४९ जनाले एकै पटक दिए राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here