स्वास्थ्य स्वंयसेविकाले मेयर बिष्ट र उपमेयर राईमाझ राखे आफ्ना समस्या

नेपालगञ्ज । नेपालगन्जका महिला स्वास्थ्य स्वयंसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रियामा उनीहरुले नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरुमाझ राखेका थिए । त्यसक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्नुभयो ।

उहाँले महिला स्वास्थ्य स्वयमसेविकाहरुका समस्याप्रति आफु गम्भीर रहेको भन्दै विजयी भए ति समस्यालाई सम्वोधन गरिने बताउनुभयो ।

यस्तै उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वयंसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले उपप्रमुख पदमा निर्वाचित भए महिला स्वास्थ्य स्वयंसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाउनुभयो ।

Previous articleउपमेयर राईको मतदातासंग प्रतिबद्धता : शैक्षिक गुणस्तरका लागि पहल गर्ने
Next articleनेपालगञ्ज-६ का वडाअध्यक्ष समिर प्रताप सिंह नेतृत्वको उपलब्धी र अबको योजना सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here