
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले आफ्नो चुनावी अभियानलाई तीब्र पार्नुभएको छ ।
नेपाली काँग्रेस र जसपाबीचको चुनावी गठबन्धनबाट उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा उत्रिनुुभएका राइले नगरक्षेत्रमा चुनावी अभियानलाई सशक्त बनाउनुभएको हो ।
यसअघि पनि जनतामाझ पुगिरहने उहाँ पछिल्ला दिनमा भने उपप्रमुखमा मतदान गर्न अपिलसहित घरघरमा पुगिरहनुभएको छ । शनिबार जयसपुरमा मुस्लिम समुदायसँग रोजा अफ्तारमा सहभागी हुनुभयो ।
राइले त्यसक्रममा मतदाताहरुसँग मत माग्नुभयो । उहाँले नेपालगन्जको विकास र सम्बृद्धिका लागि आफु उपप्रमुखमा चुनाव लडेको बताउनुभयो ।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेर स्थानीय सरकारको नेतृत्वमा जान आफु चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सहयोगको अपिल गर्नुभयो । मतदाताहरुपनि राइप्रति उत्साहीत देखिएका छन ।
चुनावको मिति नजिकिदै गर्दा नेपालगन्जमा राइप्रतिको साथ र समर्थन थपिँदै गएको छ । नेपालगन्ज–१५ जयसपुरमा मधेशी तथा मुस्लिम समुदायका बालबालिका शिक्षाबाट बञ्चित छन् ।
आफु निर्वाचित भएपछि शैक्षिक गुणस्तरका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।





