जेसिज सप्ताह-२०२२ समापन

नेपालगञ्ज । नेपालगञ्ज जेसिजले संचालन गरेको जेसिज सप्ताह-२०२२ समापन गरिएको छ ।

नेपाल जेसिजले प्रत्येक वर्ष बैशाख पहिलो साताभरी बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर जेसिज सप्ताह मनाउँदै आएको छ । कार्यक्रमलाई नेपाल जेसिजका नेशनल भिपी राम प्रसाद पाण्डेको बिशेष उपस्थितिमा समापन गरिएको थियो ।

यसै शन्दर्भमा नेपालगञ्ज जेसिजले सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरेको थियो । जेसिज सप्ताह-२०२२ को पहिलो कार्यक्रम स्वरुप बृक्षारोपण कार्यक्रम गरिएको थियो भने खाद्य तथा स्टेशनरी सामाग्री बितरण, रक्तदान कार्यक्रम, प्रस्तावना लेखन तालिम जस्ता कार्यक्रमहरु संचालन गरिएको नेपालगञ्ज जेसिज-२०२२ का कार्यकारी उपाध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज जेसिजका पदाधिकारी तथा सप्ताह व्यापी आयोजना गरिएका कार्यक्रमहरुका कार्यक्रम संयोजकहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपालगञ्ज-८ को वडा सदस्यमा साहुको चर्चा
Next articleजानकीमा अध्यक्षका पदका उम्मेदवार खाँ घरदैलोमा व्यस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here