
बाँके । जिल्लाका थप ४९ जनामा कोरोना संक्रमण फेला परेको छ । फेला परेका जम्मा ५१ जनामा बाँकेका ४९ जना रहेका छन् ।
भेरी अस्पतालमा भएको परीक्षणमा पछिल्ल्लो २४ घण्टामा भएको ३१२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुका ५१ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
बाँकेसंगै बर्दियाका एक र रुकुमका एक जनामा कोरोना पुष्टि भएको छ ।





