
नेपालगन्ज । पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समग्र नेपालगन्ज उपमहानगरपालिकाको विकास गर्नका लागि नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईलाई निर्वाचित गराउनुको विकल्प नभएको बताउनु भएको छ ।
उपमहानगरपालिका चलाउनका लागि दुबै जना योग्य ब्यक्ति भएको उहाँको भनाई छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभ कामना साटासाट गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
ईदको शुभकामना साटासाट गर्न विपी चोक पुगेका मुस्लिम र गैर मुस्लिम समुदायसँग बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसद समेत रहनु भएका राईले अबको पाँच वर्ष नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणमा विष्ट र राईलाई सेवा गर्न दिनुपर्ने बताउनु भयो ।
नेपालगन्जका मुस्लिम समुदायले निर्वाचनमा मतदान गर्दा एक पटक गम्भिर रुपले सोच्नुपर्ने उहाँको भनाई थियो ।





