“नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिन्छु” : विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्टले आफु निर्वाचित भएपछि नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिने प्रतिवद्धता जनाउनु भएको छ ।

मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभकामना साटासाट गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावबारे अन्य शहरले पनि सिक्नुपर्नेमा जोड दिदै उहाँले यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाईराख्न आफु प्रतिवद्ध रहेको बताउनु भयो । हरेक समुदायका चार्डपर्वको आ, आफ्नै महत्व र विशेषता रहेको उहाँको भनाई छ ।

यस्तै उपप्रमुख पदका उम्मेदवार राईले कांग्रेस र जसपाले प्रमुख र उपप्रमुख पदमा दुई फरक धर्म र समुदायका उम्मेदवारलाई उठाएर वास्तवमै सद्भावको सन्देश दिएको बताउनु भयो ।

ईदगाहमा नमाज पढ्न पुगेका मुस्लिम समुदायसँग नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईले अंकमाल गर्दै शुभकामना साटासाट गर्नु भएको थियो ।

Previous articleखजुरामा गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक (के छ घोषणापत्रमा हेर्नुहोस)
Next articleइदगाहा पुगेर एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here